अग्रिम बस टिकट बुकिङ असोज ५ देखि

काठमाडौँ– दशैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ।

यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

दशैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ।

नागरिक सहायताका लागि विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ। त्यस्तै विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रिय यातायात व्यवस्थापन अनुगमन समिति गठन हुने भएको छ। सो समितिले टिकटमा हुन सक्ने कालोबजारी अनुगमन गर्ने बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार