Monday, September 23, 2024

मेघ गर्जन र चट्टयांगसहित भारी वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा साथै थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले नदीमा आकस्मिक पानीको बहाव बढ्न सक्ने तथा पहाडी भू–भागमा पहिरो जानसक्ने साथै सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने बताएको छ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले बिहीबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

बिहीबार
दिउँसो :देशभरी आसिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती :देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको मध्य तथा पश्चिमी भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार