Tuesday, September 24, 2024

मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगको साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले हाल देशका पश्चिम र पूर्वी तराइका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ।

मङ्गलवार
दिउँसो :देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले मङ्गलवार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

रातीःदेशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पूर्वका थोरै स्थानहरूमा र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार