Tuesday, September 24, 2024

बालुवासहित सात ट्याक्टर नियन्त्रणमा

धनगढी–अवैध रुपमा बालुवा ल्याउँदै गरेका सात जनासहित सात ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीको टोलीले धनगढी उपमहानगरपालिका– १९ पथरियाबाट सात वटा ट्याक्टरसहित सात जना चालकलाई पक्राउ गरेको हो।

खुटिया नदीबाट अवैधरुपमा बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– १ बसन्त टोलका सञ्जय यादव, सोही ठाउँका सुनिल चौधरी र रामपुकार सहानी, त्यस्तै वडा नम्बर ५ जाईका गजेन्द्र चौधरी, वडा नम्बर ८ का करन चौधरी, वडा नम्बर ६ जालीका ईन्द्र चौधरी र वडा नम्बर ७ मनहेराका बर्षातु चौधरी रहेका छन् । उनीहरुलाई ट्याक्टरसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बताएको छ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समिति कैलाली पठाएको प्रहरीले जनाएको छ। जिल्ला समन्वय समितिले वर्खाकोे समयमा नदीजन्य पदार्थको उत्खननमा रोक लागएको छ।

ताजा समाचार

सम्बन्धित समाचार