Tuesday, September 24, 2024

गाई मारेको अभियोगमा दुई पक्राउ

काठमाडौं -गाई मारेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले नुवाकोट किस्पाङ गाउँपालिका-३ बस्ने ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आईत तामाङलाई गाई मारेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको हो ।

नुवाकोट जिल्लाका विभिन्न भागहरुबाट बटुलेर ल्याएका गाईगोरुलाई कुटपिट गर्दा १ वटा गाई मरेको तथा १ वटा गाई उठ्न नसक्ने गरी असक्त भएको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रह्रीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार