Tuesday, September 24, 2024

जथाभाबी डोजर चलाउँदा पहिरो गएपछि क्षतिपूर्तिको माग गर्दै धर्ना

कैलाली–सडक निर्माण गर्दा जथाभाबी डोजरको प्रयोगले दार्चुलाका २० परिवार पहिरोको जोखिममा परेको छन्।

दार्चुलाको महाकाली नगरपालिका– ९ दत्तुमा सडक निर्माणपछि असार २६ गते पहिरो गएको थियो। पहिरो जाँदा त्यहाँ रहेका २० घरपरिवारका पहिरो पीडितले राहत र क्षतिपूर्तिको माग गर्दै नगरपालिका कार्यालयमा धर्ना दिएका छन्।

नगरपालिकाले दत्तु–थाप्ला मालिकार्जुन सडक निर्माणको क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको,सडकको डिपिआर विपरीत सडक बनाएको आरोप पहिरो पीडितले लगाएका छन्।

पहिरो पीडितले यसअघि भदौ १५ गते राहात र क्षतिपूर्तिको मागसहित महाकाली लोकमार्ग बन्द गरेका थिए। आन्दोलित पहिरो पीडितलाई स्थलगत निरीक्षण गरेर समस्या समाधान गर्न महाकाली नगरपालिका नगरप्रमुख हंशराज भट्टले आश्वासन दिएका थिए।

आफ्ना समस्या समाधान नभएपछि उनीहरूले पुन आन्दोलन गरेको बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार