Tuesday, September 24, 2024

मौसम पूर्वानुमान :पश्चिम र मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित वर्षाका साथै मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले वर्षाका कारण पहाडी भू–भागमा पहिरो जान सक्ने, हवाई तथा सडक यातायातमा अवरोध आउनुका साथै नदीमा पानीको बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

त्यस्तै हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले शुक्रवार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

शुक्रवार 
दिउँसोः देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको साथै पश्चिमी र मध्य भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातीः देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ साथै पश्चिमी र मध्य भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार