Tuesday, September 24, 2024

डल्फिन संरक्षण गर्न कैलालीमा महोत्सव हुने

धनगढी–कैलालीको टिकापुरमा डल्फिन संरक्षण गर्न महोत्सव हुने भएको छ।

होटेल व्यवसायी सङ्घले भदौको २८ गतेदेखि ३० गतेसम्म टीकापुरमा महोत्सवको आयोजना गर्न लागिएको हो।

कैलालीको कान्द्रा, पथरैया, काँडा र मोहना नदीमा जल सतह बढेका देखिने डल्फिनको संरक्षण गर्न महोत्सवको आयोजना गर्न लागिएको कैलाली होटेल व्यवसायी सघंका अध्यक्ष नरेन्द्र शाहीले बताए।

‘डल्फिन संरक्षण संवर्द्धन तथा पहिचान, पर्यटन विकासको अभियान’ भन्ने नाराका साथ तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा डल्फिन अवलोकन गर्न पाइने, कर्णाली नदीमा जलयात्राको व्यवस्था रहेको उनले बताए।

प्रत्येक वर्ष बर्खायाममा कर्णाली, मोहना, काँडा, कान्द्रा र पथरैया नदीमा ग्याँगेटिक प्रजातिका डल्फिन देखिने गरेको छ।

यो डल्फिन कर्णाली नदी र भारतको घाँघरा नदीका हुन्। सुख्खायाममा भने जलस्तर ज्यादै नै न्यून हुने भएकाले त्यतै फर्केर जाने गरेको छन्।

ताजा समाचार

सम्बन्धित समाचार