Tuesday, September 24, 2024

मौसम पूर्वानुमान :मेघ गर्जन र चट्टयांगसहित वर्षाको सम्भावना

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभरी सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित वर्षाका साथै थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले वर्षाका कारण पहाडी भू–भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानीको बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु समेत अनुरोध गरेको छ।

बुधवार
दिउँसो :देशभरी सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने तथा देशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती :देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पूर्वका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै देशभर थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार अहिले देशभर केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार