Tuesday, September 24, 2024

राजपाले भन्यो–निजगढ विमानस्थल निर्माण गर्दा अनावश्यक रुख नकाट्, खाली जमिन उपयोग गर

काठमाडौं । राष्ट्रिय जनता पार्टीले बाराको निजगढमा दोस्रो अन्तराष्र्टि«य विमानस्थल निर्माण गर्दा अनावश्यक रुख नकाट्न तथा वनस्पति एवं वन्यजन्तुको विनास रोक्नको लागि सरकारसँग आग्रह गरेको छ ।
पार्टीको वैठकपछि पार्टीका अध्यक्ष राजकिशोर यादवले वन्यजन्तुको विचरण एवै जैकि मागलाई बाधा नपु¥याउन आग्रह गरेका छन् । उनले वनदेखि तत्लो क्षेत्रका बासिन्दाको पिउने पानी तथा नदी नालमा असर नपुग्ने गरी गम्भीरतापूर्वक निर्माण कार्य अगाडी बढाउन सुझाव दिएका छन् ।
प्रदेश नं २ मा वन क्षेत्र ४० प्रतिशत पु¥याउने लक्ष्य गरिएकामा रुख काटेर विमानस्थल बनाउँदा वन क्षेत्र घट्ने भएको खाली जमिन उपयोगमा समेत जोड दिएको छ । यस अगाडी प्रदेश नं २ सरकारले रुख काट्न नदिने भनी आफ्नो धारण सार्वजनिक गरेपछि त्यसको सर्वत्र आलोचना भएको थियो । राजपाले विमानस्थल निर्माणमा प्रदेश सरकारसँग समन्वय गर्न समेत आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार