Tuesday, October 22, 2024

के– के छन् आजका दैनिक पत्रिकामा वातावरण सम्वन्धी समाचार ?

आजका दैनिक पत्रपत्रिकाले वातावरणसँग सम्वन्धीत समाचारलाई प्राथमिकता साथ प्रकाशित गरेका छन् ।

कान्तिपुर दैनिकले ‘नयाँ वन नीति बनाइँदै’ र राजधानी दैनिकले ‘वन क्षेत्रका तीन तहको जिम्मेवारी’ शिर्षकमा समाचार प्रकाशित गरेका छन् ।

कान्तिपुरको समाचारमा वन तथा वातावरण मन्त्रालयले संघीय ढाँचा अनुसार वन तथा वातावरण नीति बनाउन छलफल थालेको उल्लेख छ । स्थानीय तह र प्रदेशलाई वनको धेरै अधिकार दिइएकाले वनमन्त्री शक्तिबहादुर बस्नेतद्धारा गठित कार्यदलले त्यसै अनुसार नीति बनाउन छलफल अघि बढाएको हो । कार्यदलको नेतृत्व मन्त्रालयको योजना महाशाखा प्रमुख पेम नारायण कँडेलले गरेका छन् ।

२०७१ सालमा तत्कालिन वन मन्त्री महेश आचार्यको पालामा वन नीति बनाइएको थियो । त्यही खबरसँग सम्बन्धित अर्को समाचार सविन शर्माले राजधानी दैनिकमा लेखेका छन् । वन क्षेत्रको संरक्षणमा स्थानीय तह र राजस्व उठाउनेमा संघ रहेका छन् । संरक्ष्ाित क्षेत्रको ब्यवस्थापन सरकार मातहत रहने भएको छ ।

कान्तिपुर दैनिकले ‘उपहार दिइएका गैंडाबारे सरकार बेखबर’ शीर्षकको समाचार प्रकाशित गरेको छ । पत्रकार अब्दुल्लाह मियाँले लेखेको समाचारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले यस विषयमा औपचारिक जानकारी नपाएको उल्लेख छ । यसैगरी मकवानपुरगढी गाँउपालिका –३ मा चट¥याङ प्रतिरोधी अर्थिङ टावर निर्माण गरिएको समाचार कान्तिपुरमा छ ।

राजधानी दैनिकमा ‘चोरी सिकारी नियन्त्रण पदयात्रा सम्पन्न’ शीर्षकको मुस्ताङबाट आएको खबर छ । लमजुङ, मनाङ र मुस्ताङमा १० दिने वन्यजन्तु चोरी सिकारी नियन्त्रण सचेतना पदयात्रा सम्पन्न भएको हो । यसैगरी ‘यार्सा खोज्दै विद्यार्थी पाटनतीर’ शिर्षकको डोल्पाको खबर प्रकाशित छ । राजधानी दैनिकमा नै ‘असिनापानीले रिसाइक्लिन उद्योगमा ठूलो क्षति’ शीर्षकको नेपालगञ्जबाट रुद्र सुवेदीले लेखेका छन् ।

नागरिक दैनिकको पहिलो पृष्ठमा ‘फेवाताल वरपरका दुई सय बढि अवैध संरचना’ शीर्षकको समाचार प्रकाशित छ । फेवाताल वरपर अवैध रुपमा २ सय ४ संरचना निनर्माण भएको पाइएको छ । पोखरा लेखनाथ महानगरपालिका अन्र्तगतको फेवाताल संरक्षण आयोजनाले ताल वरपर बनेका गैरकानुनी संरचनाको लगत संकलन गरेको हो । जसअनुसार कच्ची र पक्कि गरी २ सय ४ संरचना रहेका छन् ।

नयाँ पत्रिका दैनिकमा ‘वनको आम्दानीले शिक्षकलाई तलब’ शीर्षकको समाचार प्रकाशित भएको छ । निर्मल खत्रीले म्याग्दीबाट लेखेको खबरमा म्याग्दी बेनी नगरपालिका –९ घतानका स्थानीयले वनको आम्दानीले शिक्षकलाई तलब खुवाएका छन् । गाँउ नजिकै ४० हेक्टर क्षेत्रफलमा फैलिएको ठूलो सल्लेरी सामुदायिक वनबाट हुने आम्दानीबाट शिक्षकलाई तलव खुवाउने गरिएको हो । यो वनले बार्षिक रुपमा आम्दानी गर्ने रकममध्येबाट १ लाख २० हजार राष्ट्रिय मावि नेप्टेचौरमा निजीस्रोतमा राखेको सामुदायिक वनका अध्यक्ष पुण्यबहादुर चोखालले बताए ।

‘असिनापानी र हुरीबतासले पाँच करोडको क्षति’ शिर्षकमा बाँकेबाट विश्वराज पछल्डङ्ग्याले नयाँ पत्रिकामा खबर लेखेका छन् । आइतबार बेलुकी परेको असिनापानी र हुरीबतासले बाँकेमा ८ करोडभन्दा बढिको क्षती भएको छ । मानवीय क्षती नभएपनि अन्नबाली र घरमा क्षती भएको छ ।

त्यसैगरी नयाँपत्रिकामा ‘संरक्षणको पर्खाइमा बुलबुल ताल’ शिर्षकको खबर सुर्खेतबाट विश्वराज पछल्डङ्ग्याले पठाएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अवस्थित बुलबुल ताल संरक्षणमा प्रदेश सरकारले चासो नदिएको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार