Tuesday, September 24, 2024

बाढीपहिरोमा एक सय ३३ को मृत्यु, ३७ बेपत्ता :गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले बाढीपहिरोमा परी एक सय ३३ जनाको मृत्यु र ३७ जना बेपत्ता भएको बताएका छन्।

संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बिहीबारको बैठकमा उनले असार ३ देखि भदौ ११ सम्म बाढीपहिरो र भारी वर्षामा परी परेर १ सय ३३ जनाको मृत्यु, ३७ जना बेपत्ता र १ सय ६ जना घाइते भएको उन बताएका हुन्।

उनले देशभर भएका ५ सय ७० घटनामा उक्त क्षति भएको उनको भनाइ छ। मन्त्री थापाले बाढीपहिरो र डुबानको असरलाई तत्काल व्यवस्थित गर्न राहत कोष, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन राष्ट्रिय परिषद् कार्यकारी समिति, प्रदेशमा प्रदेश विपद् व्यवस्थापन परिषद्, जिल्ला र स्थानीय तहमा पनि विपद् व्यवस्थापन समिति गठन भएको बताए।

गृहसचिव प्रेमकुमार राईले प्राकृतिक प्रकोपमा मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँका दरले आर्थिक सहायता पठाइएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार