Tuesday, September 24, 2024

धानबालीमा क्षति

कञ्चनपुर- भीमदत्त नगरपालिका–१५ का आधा दर्जनभन्दा बढी परिवारको धानबालीमा हात्तीको बथानले नोक्सान पु¥याएको छ ।तीन दिनअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीको बथानले गोवरैया क्षेत्रका किसानको धानबालीमा पसेर नोक्सानी गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ ।

राधाकृष्ण टोलका पार्वती भट्टले खेतमा हात्ती आएपछि ज्यान जोगाउन मुस्किल परेको बताए। “घरभित्र थियौँ । बाहिर रूख चुँडेजस्तो आवाज आयो । के भयो भनेर बाहिर आउँदा हात्ती त बारीमा आइसकेका रहेछन्”, उनले भने, “बालबालिकासहित भागेर धन्न ज्यान जोगायौँ ।”

निकुञ्ज किनारमा रहेको भट्टको कच्ची घर हात्तीले सहजै रुपमा भत्काउन सक्ने भएकाले भट्ट परिवारलाई ज्यान जोगाउन मुस्किल परेको थियो । तीन वर्षअघि पनि आएको हात्तीको बथानले धानबालीमा क्षति पु¥याएको उनले बताए।

उक्त नगरपालिकाका उपप्रमुख सुशिला चन्दले निकुञ्ज किनारका बासिन्दा सधैँ हात्तीको त्रासमा बस्न बाध्य भएकाले स्थायी समाधानका लागि सरकारसित पहल गरिने बताए।“निकुञ्ज किनारमा बर्सेनी हात्तीको त्रास भइरहन्छ । हात्ती नियन्त्रणका लागि समाधानको उपाय नखोजी भएको छैन”, उनले भने।

“वडाध्यक्ष भीमबहादुर साहुले हात्तीको बथानले आधा दर्जन परिवारको दुई बिघा जमीनमा लगाइएको धानबाली क्षति पु¥याएको जानकारीमा आएको र क्षतिपूर्तिका लागि वडा कार्यालयबाट निकुञ्जलाई सिफारिस गरिने बताए। दुई दिनअघि सोही नगरपालिकाको वडा नं १८ मा हात्तीको बथानले दुई परिवारको धानबालीमा क्षति पु¥याएको थियो ।रासस

ताजा समाचार

सम्बन्धित समाचार