Tuesday, September 24, 2024

हावाहुरी पीडितलाई राहत उपलब्ध गराउन उपमहानगरपालिकासँग माग

धनगढी–हावाहुरी पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन संघर्ष समिति धनगढीले माग गरेको छ।

समितिले बिहीबार धनगढी उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाउँदै राहत प्राप्त गर्न बाँकीे हावाहुरी पीडितलाई तत्काल राहत दिन माग राखेको हो।

गत जेठ २३ गते आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा क्षति गरेको थियो। हावाहुरी पीडितले गत साउनमा राहतको माग राख्दै आन्दोलन गरेका थिए। आन्दोलनपछि साउन १८ गते धनगढी उपमहानगरपालिका र समितिबीच छानविन गरेर पीडितको नामावली पठाउने सहमति भएको थियो।

छानविनपछि नामावली पठाउदापनि उपमहानगरपालिकाले राहत वितरण नगरेको समितिले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार