Tuesday, September 24, 2024

भालुको पित्तसहित एक पक्राउ

काठमाडौँ -महानगरीय प्रहरी वृत्त लैनचौरले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौँ महानगरपालिका-२६ रानीवारिबाट १७ ग्राम तौल रहेको भालुको पित्तसहित काठमाडौँ गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका-६ घर भएका ३१ वर्षीय विमल सोबेम्बालाई पक्राउ गरेको हो।

भालुको पित्तको अवैध कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले सोबेम्बालाई उक्त तौल बराबरको भालुको पित्तसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार