Tuesday, September 24, 2024

नगरपालिकाले चलायो आठ इट्टा उद्योगमा डोजर

काभे- नमोवुद्ध नगरपालिकाले भकुण्डेका आठ इट्टा उद्योगमा डोजर भलाएको छ।

नगरपालिकाले आइतबार मापदण्ड पूरा नगरेको भन्दै आठ इट्टा उद्योगमा डोजर चलाएको हो।

नगरपालिका र इट्टा व्यवसायीबिच ६ महिना अर्थात् २०७६ असार मसान्तसम्ममा इट्टा उद्योग बन्द गर्ने सम्झौता भएको थियो। तर, व्यवसायीहरूले साउन मसान्तसम्म पनि भट्टा बन्द नगरेकोले नगरपालिकाले डोजर लगाएर भत्काएको नमोबुद्ध नगरपालिकाले जनाएको छ।

सम्झौता मिति सकिएपछि उद्योग नहटाएपछि बाध्य भएर नगरपालिका डोजर र क्रेन चलाएको नगरपालिकाका प्रमुख टिपी शर्मा तिमिल्सिनाले जानकारी बताए।

उनका अनुसार नमोबुद्ध नगरपालिकाको वडा नम्बर २ र ३ मा रहेका भैरव कुण्ड, शिवशक्ति, विन्ध्यवासिनी, जय शिवशक्ति, सत्यनारायण, फुलबारी, पञ्चकन्या र शङ्कर इट्टा उद्योगले वातावरणीय मापदण्ड पूरा नगरेपछि डोजर चलाएर भत्काइएको हो।

कार्यापालिकाकोे भदौ ५ गते बसेको बैठकले आठ इट्टा उद्योग हटाउने निर्णय गरेको थियो । निर्णयको कार्यान्वयन गर्दौ आइतबार भत्काएको हो।

ताजा समाचार

सम्बन्धित समाचार