Tuesday, September 24, 2024

वन्यजन्तुको सिङ्गसहित अस्ट्रेलियन नागरिक पक्राउ

काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खैरो रङको वन्यजन्तुको सिङ्गसहित अस्ट्रेलियन नागरिक पक्राउ परेका छन्।

विमानस्थलबाट शुक्रवार प्रहरीले खैरो रङको वन्यजन्तुको सिङ जस्तो देखिने १ थानसहित राहदानी नम्बर पिए ९७१४५२९ वाहक ३४ वर्षीय  लिओनाइड पोललाई पक्राउ गरेको हो।

थाई लायोन एयरको उडानद्वारा काठमाडौँबाट अस्ट्रेलिया जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङमा जाँच गर्ने क्रममा उक्त वस्तु फेला परेको प्रहरीले जनाएको छ।

अस्ट्रेलियन नागरिकलाई थप अनुसन्धान एवम् कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार