दोलखा-अविरल वर्षापछि आएको पहिरोमा परी शैलुङगेश्वर गाउँपालिका–८ का २० परिवार विस्थापित भएका छन् ।
वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीका अनुसार पहिरोबाट शैलुङ्गेश्वरको थिङ टोलका सात घर, गोरख टोलका ६ घर, भरकुना खत्री टोलका चार घर, तल्लो पोखरेका दुई घर तथा दारेगौडा कार्की टोलका पाँच घरमा क्षति पुगेको छ ।
यहाँका बासिन्दालाई स्थानीय विद्यालयमा राखिएको उप्रेतीले बताए। विस्थापितको पुनःस्थापनाका लागि शैलुङगेश्वर गाउँपालिकाका अध्यक्ष भरत दुलालले सरोकारवाला निकायसँग आग्रह गरे ।