यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी दिँदै देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,जसले गर्दा चुरेबाट बहने खोलाहरूको बहावमा आकस्मिक बृद्धि हुन सक्ने साथै सडक यातायातमा पहिरो र भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले ती भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार हाल देशको देशको पश्चिमी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

बिहीबार
दिउँसोः देशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही मध्य तथा पूर्वका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार