Wednesday, September 25, 2024

रक्तचन्दनको तेलसहित तीन पक्राउ

काठमाडौं-रक्तचन्दनको तेलसहित प्रहरीले तीन जना पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं महानगरपालिका-१६ नयाँ बजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेलसहित तीन जनालाई मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका-५ घर भएका ४३ वर्षीय जित बहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका-३ घर भएका ५३ वर्षीय अच्यूत केसी र नुवाकोट वेलकोटगढी नगरपालिका-११ घर भएका २६ वर्षीय सुजन पौडेल रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार अवैध रुपमा रक्तचन्दन तेलको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जित बहादुर लामाको कोठा खानतलासी गर्दा प्लाष्टिकको बोराले बेरेर लुकाई छिपाई राखेको २ वटा सिल्भरको गाग्रीमा रहेको उक्त तेल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको पहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार