Wednesday, September 25, 2024

संयुक्त आयोगको बैठक सकियो, बाढी र डुबानको समस्या समाधान गर्ने प्रतिवद्धता

काठमाडौँ– नेपाल–भारत सिमानामा बर्षेनी देखा पर्ने बाढी र डुबानको समस्या समाधानको लागि पानीको प्राकृतिक प्रवाहलाई नियमित गर्ने र स्थलगत अनुगमन गरी तयारी पारिएको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका निर्णय गदै नेपाल–भारत संयुक्त आयोगको बैठक वुधबार अबेर सम्पन्न भएको छ।

बैठकका लागि वुधबार विहिबार दुई दिन तय गरिएपनि वुधबार केही घन्टा छलफल गरेर वैठक सम्पन्न गरिएको हो। बैठक को अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त गरेका थिए।

बैठकले दुवै देशका अधिकारी सम्मीलित टोलीले स्थलगत रुपमा तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। सो टोलीले झण्डै ११ संवेदनशील स्थानहरुको पहिचान गरेको छ। साथै, बाढी र डुवान क्षेत्रको नियमित अनुगमन र भ्रमण गर्ने सहमति समेत भएको छ। सो विषय नेपाली पक्षले जोडदारका साथ उठाएको थियो।

साथै, नेपालले थप हवाई रुप पाउनुपर्ने विषय पनि उठाएको थियो । बैठकले सो विषय छलफलमै रहेको र सकरात्मक निष्कर्षमा पुग्ने अपेक्षा व्यक्त गरेको छ। यस वाहेक व्यापार, वाणिज्य, रेलवे र अन्य पूर्वाधार निर्माणको विषयमा समेत गहन छलफल भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार