Wednesday, September 25, 2024

कटैनी नदीमा झोलुङ्गे पुल

कैलाली–कैलारी गाउँपालिका वडा नम्बर ८ स्थित कटैनी नदीमा पुल बनको छ।

पुल निर्माण भएपछि यहाँका स्थानीय खुसी भएका छन्। नदीमा पुल नहुँदा बर्खायामका बेला अत्यधिक समस्या खेप्दै आएका उनीहरू कटैनी नदीमा झोलुङ्गे पुल बनेपछि खुसी भएका हुन्।

नवनिर्मित झोलुङ्गे पुलको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले झोलुङ्गे पुल निर्माणले जनतालाई आवतजावतमा सहज भएको बताए।

उनले गाउँपालिकाको अन्य ठाउँमासमेत झोलुङ्गे पुल निर्माण भइरहेको जनाउँदै जनताको समस्या समाधान गर्न र विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।

गाउँपालिकाको ५२ लाख २५ हजार रुपैयाँ लागत र स्थानीय समुदायको जनश्रमदानबाट झोलुङ्गे पुलको निर्माण गरिएको हो। उक्त पुलको निर्माण कार्य २०७५ जेठ १ गतेबाट सुरु गरिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार