Wednesday, September 25, 2024

पोखरीमा पसेको गोहीको उद्धार

धनगढी– पथरैया नदीबाट टीकापुर–७ बेलुवामा रहेको माछा पोखरीमा पसेको मगर गोहीको उद्धार गरिएको छ।

नदीबाट स्थानीय टेकबहादुर मल्लको माछा पोखरीमा पसेको गोहीको प्रहरी र स्थानीय संरक्षणकर्मीले उद्धार गरी पथरैया र काढा नदीको दोभानमा छोडेका छन्।

पोखरीमा गोही देखेपछि माछापालक मल्लले प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी सत्तीका इन्चार्ज दौलत पुजारा, प्रहरी हवल्दार रामचरण चौधरी, डल्फिन संरक्षण समितिका अध्यक्ष भोजराज ढुङ्गाना, स्थानीय संरक्षणकर्मी रामकृष्ण चौधरी, धनीराम रेग्मीलगायतले गोहीको उद्धार गरेका थिए। पथरैया नदीबाट माछा पोखरी एक किलोमिटरको दुरीमा पर्छ।

ताजा समाचार

सम्बन्धित समाचार