Wednesday, September 25, 2024

धनगढीमा स्मृति वृक्ष बाटिका निर्माण हुँदै

धनगढी–धनगढी उपमहानगरपालिका–८ मा आफन्तहरूको सम्झनामा बिरुवा रोप्न पाउने गरी ‘स्मृति वृक्ष बाटिका’ निर्माण हुने भएको छ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्मृति वृक्ष रोपेर बाटिकाको उद्घाटन गरेका छन्। धनगढी उप–महानगरपालिका, ईन्रीच नेपाल र कैलाली बहुमुखी क्याम्पसको साझेदारीमा सो बाटिका निर्माण भइरहेको हो। बाटिकाको नाम कैलाली बहुमुखी क्याम्पस स्मृति वृक्ष बाटिका दिइएको छ। बाटिका निर्माणका लागि कैलाली बहुमुखी क्याम्पसले जमिन उपलब्ध गराएको छ।

‘स्मृति वृक्ष बाटिकाका कुनै पनि व्यक्तिले आफ्नो तथा आफुन्तको जन्म दिन वा कुनै त्यस्तो पुण्ये तिथिमा वृक्ष लगाउन पाउँछन्,’ नगरप्रमुख नृपबहादुर वडले भने।

उनका अनुसार बाटिकामा लगाइएको बिरुवामा कुन व्यक्तिको स्मृतिमा लगाइएको हो त्यसको नाम सहितको ट्याग लगाइने छ। वृक्ष लगाउने व्यक्तिले १ हजार रुपियाँ शुल्क तिर्नुपर्ने तथा सो पैसा वृक्षको संरक्षणका लागि खर्च गरिने समेत नगरप्रमुख वडले बताए।

ताजा समाचार

सम्बन्धित समाचार