Wednesday, September 25, 2024

मेघ गर्जन र चट्याङ पर्ने सम्भावना,सतर्क रहन आग्रह

काठमाडौँ– मौसम पूर्वअनुमान महाशाखाले आगामी २४ घण्टामा देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेकोले सतर्क अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल देशको पूर्वका पहाडी भूभाग, मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ।

मङ्गलवार दिउँसो देशको पश्चिमी भु–भागमा सामान्य बदली साथै पूर्वी तथा मध्य भु–भागमा आंशिक देखि सामान्य बदली रही देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले मङ्गलवार जारी गरेको बुलेटिनमा उल्लेख छ। साथै पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

त्यस्तै राती देशभर सामान्यतयास्त बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार