Wednesday, September 25, 2024

विद्यार्थीले रोपे पाँच सय बिरुवा

धनगढी–वातावरण संरक्षणमा सबैलाई जिम्मेवारी बनाउने भन्दै एभरेष्ट एकेडेमी अत्तरियाका विद्यार्थीले वृक्षारोपण गरेका छन्।

सामुदायिक वन परिसरमा एकेडेमीका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षकहरू तथा सामुदायिक वनका सदस्यहरू मिलेर वृक्षारोपण गरेका हुन्।

सामुदायिक वनका सचिव यावी राउतले सिसम, लिप्टीस, खयर, बेल लगायतका पाँच सय बिरुवाहरू रोपिएको जानकारी दिए।

एकेडेमीका प्रिन्सिपल स्माइल चौधरीले जलवायु परिवर्तनलाई न्यूनीकरण तथा वातावरण संरक्षणमा सबैलाई जिम्मेवार बनाउन वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको बताए ।

नेपाल सरकारको वृक्षारोपण वर्ष २०७६ को लक्ष्यलाई सहयोग गर्ने उद्देश्यले अभियानको रूपमा वृक्षारोपण गरेको समेत चौधरीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार