Wednesday, September 25, 2024

गोबर ग्याँस जडान गर्ने किसानलाई अनुदान

धनगढी–धनगढी उप–महानगरपालिकाले गोबर ग्याँस प्लान्ट निर्माण गर्ने किसानहरूलाई नगद अनुदान उपलब्ध गरेको छ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले वडा नं १९ का १६ जना किसानहरूलाई अनुदान रकम हस्तान्तरण गरेका हुन। धनगढी उप–महानगरपालिकाले घरमा गोबर ग्याँस प्लान्ट निर्माण गर्ने व्यक्तिलाई २० हजार रुपियाँ अनुदान दिएको थियो।

गोबर ग्याँस निर्माण गर्ने कार्यलाई प्रवद्र्धन गर्नका लागि नेपाल सरकारले उपलब्ध गराउने अनुदान रकममा उप–महानगरपालिकाले प्रतिघर २० हजार थप अनुदान दिने गरेको छ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए। ‘यती ठुलो अनुदान दिने सम्भवतः हामी पहिलो हौँ,’मेयर वडले भने।

नेपाल सरकार ऊर्जा मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गोबर ग्याँस प्लान्ट निर्माण गर्ने घरलाई २१ हजार ६ सय अनुदान उपलब्ध गराउँछ।

धनगढी उप–महानगरपालिकामा गोबर ग्याँस प्लान्ट निर्माण गर्ने घरले नेपाल सरकार २१ हजार ६ सय र उप–महानगरपालिकाबाट २० हजार थप गरी यसका लागि ४१ हजार ६ सय रुपैयाँ अनुदान बुझेका छन्।

औसतमा एउटा घर परिवारले दाउराका लागि वर्षमा ५ देखि ६ रुख चाहिन्छ सेती महाकाली गोबर ग्याँस तथा कृषि यन्त्र प्रा.लि. धनगढीका सञ्चालक लोकबहादुर कुँवरले बताए। ‘गोबर ग्यास प्लान्ट निर्माण गर्दा जङ्गल जोगिने मात्रै नभएर समयको बचत, गोबर जन्य फोहरको व्यवस्थापन पनि हुन्छ,’उनले भने।

धनगढी उप–महानगरपालिकाको अनुदानबाट आर्थिक वर्ष २०७५/०७६ मा ५१ किसान परिवारले गोबर ग्याँस प्लान्ट निर्माण गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार