काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशको केही स्थानहरूमा मेघगर्जन र चट्याङ पर्नेका साथै पूर्व र पश्चिमी तराई,तथा पहाडी भेगका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको र तराईका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ।
सोमबार दिउँसो देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेका साथै पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राती देशभर सामान्य बदली रही देशको पश्चिमी भू–भागका केही स्थानहरूमा तथा मध्य र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा मध्य र पश्चिमी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले सोमबार जारी गरेको बुलेटिनमा उल्लेख छ।