Wednesday, September 25, 2024

यस्तो छ आगामी २४ घण्टाको मौसम

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भू–भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार आइबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाहुने सम्भावना रहेको जनाएको छ।

त्यस्तै राती देशको मध्य र पूर्वका केही स्थानहरूमा तथा पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने तथा पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार