Wednesday, September 25, 2024

खाली जग्गालाई सामुदायिक वन बनाइँदै

लमही -दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वनले खाली जग्गालाई सामुदायिक बनाउन थालेको छ ।

सामुदायिक बनमा खाली रहेको १७ बिघा जग्गालाई वन बनाउनका लागि रुख रोप्न थालिएको छ । उक्त जग्गामा १५ हजार बिरुवा रोप्ने कार्य शुरु गरिएको सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए। “सामुदायिक वनको करीब १७ बिघा जग्गा खाली छ, त्यसमा रुख रोपेर वन बनाउन रुख रोप्न थालेका छौं”, उनले भने, “यसले वनलाई थप हराभरा बनाउने छ ।”

पछिल्लो समय वन विनाश हुँदा जलवायु परिवर्तन हुने भन्दै जलवायु अनुकूलन गर्न वनको संरक्षण गर्न लागिएको उनको भनाइ छ । उक्त खाली जमीनमा साल, सिसौ, खयर, जामुन, सिमललगायतका बिरुवा रोप्न शुरु गरिएको हो । रासस

ताजा समाचार

सम्बन्धित समाचार