Wednesday, September 25, 2024

विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन

विराटनगर-विराटनगर महानगरपालिका–४ स्थित निर्माण गरिएको ‘खारजी ग्रिनपार्क’ बिहीबारदेखि सञ्चालनमा आएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको प्रत्येक वडामा एक उद्यान निर्माणको अभियान शुरूआत भएको बताए।

उनले उद्यानको निर्माणबाट वडाको सौन्दर्य बढाउनुका साथै वडावासी युवतायुवतीका साथै ज्येष्ठ नागरिकलाई एकै स्थानमा भेला हुने थलो बन्ने धारणा व्यक्त गरे। निःशुल्क वाइफाइजडित उक्त उद्यानको बीचमा बगैँचा र भलाकुसारी गर्ने चौतरामा बनाइएको छ।

मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत उद्यानको निर्माण कालिका कन्स्ट्रक्सनले गरेको हो। विराटनगरको सरस्वती टोलमा समेत उद्यान निर्माणको काम भइरहेको सोही अवसरमा जानकारी दिइयो।रासस

ताजा समाचार

सम्बन्धित समाचार