Wednesday, September 25, 2024

आजको मौसम :मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशको केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने तथा पश्चिमको पहाडी भू–भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाले शुक्रवार बुलेटिन जारी गरी आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।

शुक्रबारः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। भने पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबारः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

आईतबारः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार