पहिरोमा परी बाजुरामा दुईको मृत्यु, पाँच घाइते

कैलाली–बाजुराको गौमुल गाउँपालिका वडा नम्वर ६ बसालामा पहिरो जाँदा आमा छोरीको मृत्यु भएको छ।

लगातारको भारी वर्षाका कारण पहिरोमा परि अन्य पाँच जना घाइते भएका छन्।

पहिरोमा परी ३० बर्षकी निरुता चदाँरा र उनकी ६ बर्षीय छोरी किश्मती चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

पहिरोबाट ९० बर्षीय जंग चदाराको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। उनको गौमुल गाँउपालिकाको शहरी स्वास्थ्य इकाइमा उपचार भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार