Saturday, April 19, 2025

मौसम पूर्वानुमान :मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दै नेपालको पश्चिमी तराई नजिक रहेकाले आगामी तीन दिनमा मनसुनीगतिविधि बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। महाशाखाले बिहीबार बुलेटिन जारी गरी आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ। साथै आगामी २४ घण्टामा मौसम सामान्य रहेने जनाएको छ।

बिहीबारः देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ।

शुक्रबारः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।

शनिबारः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन सहित वर्षा हुने सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार