Thursday, September 26, 2024

बाढीबाट उत्तरपूर्वी चीनका साढे सात लाख प्रभावित

हार्बिन- चीनको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीका कारण साढे सात लाखभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् ।

स्थानीय सरकारी अधिकारीहरूका अनुसार कूल सात लाख ५७ हजार नौ सय जना बाढीबाट प्रभावित भएका हुन् ।

देशको हेइलोङजिआङ प्रान्तमा रहेका झण्डै ११ हजार चार सय घर परिवार विस्थापित भएको उनीहरूले बताएका छन् ।

बाढीले पाँच लाख ६३ हजार हेक्टर क्षेत्रफलमा रहेको कृषि उपज नष्ट गरेको छ भने ७९ हजार १३० हेक्टर क्षेत्रफल पुरिएको छ ।

अधिकारीहरूका अनुसार झण्डै दुई हजार ५४७ घरमा क्षति पुगेको छ । बाढीले समग्रमा लाखौँ नोक्सान भएको छ । रासस/सिन्ह्वा

ताजा समाचार

सम्बन्धित समाचार