Thursday, September 26, 2024

चार अर्बको अलैँची निर्यात

भद्रपुर-नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले आज पत्रकार सम्मेलन गरी जानकारी दिए।

अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलु्क निर्यात हुने गरेको छ । प्रति मन (४० केजी)को हाल बजार मूल्य रु २८ हजार रहेको महासङ्घका महासचिव सुभाष भट्टराई बताए। केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ ।

९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जीएसटी’ छुट गरे तापनि नेपाली अलँैचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराई बताउछन् ।रासस

ताजा समाचार

सम्बन्धित समाचार