Thursday, September 26, 2024

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

कर्णाली- केही दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोट जिल्लाको कालेखोलामा पहिरो गएर सडक अवरुद्ध भएको थियो । अवरुद्ध कर्णाली राजमार्ग आज बिहान ११ः३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।

उनले भने, ‘अहिले साना गाडीको आवागमन सुचारु भएको ।’ अझै सडकमा रहेको पहिरो पन्छाउने काम जारी रहेको जनाइएको छ । दुई दिनदेखि सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु अलपत्र परेका थिए । रासस

ताजा समाचार

सम्बन्धित समाचार