अन्तिम तयारीमा ‘गैंडा कुटनीति’

काठमाडौ– चितवन निकुञ्ज प्रशासन हिजोआज ‘गैंडा कुटनीति’ सफल पार्न अन्तिम अभ्यासमा जुटेको छ । चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने विगत सरकारको प्रतिवद्धता पुरा गर्न यो अभ्यास सुरु भएको हो ।

त्यसो त पछिल्लो समय परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी स्वरुप चीन गएर फर्किएका छन् । वन प्रशासनले भव्य कार्यक्रमबीच चीन सरकारलाई गैंडा उपहार दिने योजना बनाइरहेको छ । वन मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति वा प्रधानमन्त्रीको हातबाट चीन सरकारलाई गैंडा उपहार दिने योजना बनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई जोडी मध्ये शनिबार साँझसम्म दुई भाले गैंडा (केटो ) को टुङगो लागेको छ । दुई पोथी गैंडा (केटो )को खोजी आइतबार बिहानैबाट सुरु हुनेछ ।

‘दुई वटा केटाहरुमध्ये एउटाको उमेर १२ महिना र शनिबार समातिएको केटाको उमेर डेढदेखि दुई बर्ष छ’, उनले शनिबार साँझ हाकाहाकीसँग भने, ‘दुई वटा केटीहरु पनि करिब करिब त्यही उमेरका हुनेछन् । हामी समात्ने प्रयास गरिरहेका छौ । कतिदिन लाग्छ भन्न सकिन्न ।’ दुई केटोमध्ये एउटो केटोलाई निकुञ्ज प्रशासन गत साउनमै उद्दार गरेर सौराहामा पाल्दै आएको थियो । यो १२ महिनाको छ । शनिबार साँझ अर्को केटोलाई निकुञ्ज भित्रको खोरिया मुहानदेवी ताल क्षेत्रबाट डार्ट गरेर (बेहोस बनाएर) सौराहा ल्याइएको छ ।

गैंडा खोजी गर्ने काममा निकुञ्ज प्रशासनका कर्मचारी, पशु चिकित्सक, प्राविधिक र चीन सरकारको तर्फबाट एक जना प्रतिनिधी खटिएका छन् । ‘गैडा डार्ट गर्ने र स्थानान्तरण गर्ने काम हामीहरुका लागि त्यति कठिन मानिदैन । किनकी हामीले विगतमा पनि यो काम गरिरहेका छौ’, अर्यालले भने ।

उनका अनुसार गैंडा खोज्ने, डार्ट गर्ने, खोर बनाउने र तयारी अवस्थामा राख्न लाग्न सबै खर्च नेपाल सरकारले नै व्यहोर्ने छ । यी गैंडाहरु हवाईजहाज चढेर चिन जादैछन् । ‘हवाई उड्डयनसम्बन्धि अन्तराष्ट्रिय नियम अनुसार गैंडाको खोर तयार गरेर यीनीहरुलाई बिदा गरिनेछ’, अर्यालले भने ।

पछिल्लो पटक सन् २००६ मा तत्कालीन युवराज पारसले अस्ट्रिया सरकारलाई एक जोडी गैंडा उपहार दिएका थिए । त्यसपछि एक दशकसम्म गैंडा कूटनीतिमा पूर्णविराम लागेको थियो ।

यसपछि तत्कालिन वन मन्त्री अग्नी सापकोटाको ०७३ पुस २९ गतेको चीन भ्रमण क्रममा चिनिया“ वनमन्त्री र चिनिया“ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले आफ्नो मुलुकलाई गैंडा उपहार दिन आग्रह गरेका थिए । उनीहरुको आग्रह सुनेर फर्किएका मन्त्री सापकोटाले यसबारे मन्त्रिपरिषदलाई जानकारी गराएका थिए । मन्त्रिपरिषदले दिन मिल्ने नमिल्ने बारे राष्ट्रिय र अन्तराष्ट्रिय कानुनहरुबारे अध्ययन गर्न वन प्रशासनलाई निर्देशन दिएको थियो । दिन मिल्ने निष्कर्ष आएपछि ०७३ असार २६ गते तत्कालिन सरकारले दुई जोडी गैंडा उत्तर छिमेकी चीनलाई दिने निर्णय गर्यो ।

सरकारी निर्णयबारे चिनियाँ पक्षलाई जानकारी गराइएपछि चिनबाट विज्ञसहित सात सदस्सीय टोली नेपाल आएर चितवन पुगेको थियो । यहा“बाट लैजाने भनिएका ती गैंडालाई नया“ वातावरणमा अनुकुलित गराउन लैजानु अघि छ महिना नेपालमै खोर बनाएर राख्ने दुइ पक्षबीच सहमती भएको थियो । त्यतिबेला चिनियाँ टोलीको नेतृत्व वनस्पति तथा वन्यजन्तु ओसारपसार सम्बन्धि अन्तराष्ट्रिय महासन्धि (साइटिस) कार्यालयका उपनिर्देशकले गरेका थिए ।

नेपालले तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २०४४ बैशाखमा पहिलोपटक एक जोडी गैंडा उपहार दिएको थियो । यसस“गै नेपालमा ‘गैंडा कुटनीति’ सुरु भएको हो । सरकारले सबैभन्दा धेरै गैंडा अमेरिकालाई दिएको छ । अमेरिकाका विभिन्न चिडियाखानालाई तीन जोडी गैंडा उपहार दिइएको थियो । चिडियाखानालाई प्रत्यक्ष रुपमा उपलब्ध गराउन नमिलेपछि सरकार–सरकार बीचको उपहारका रुपमा दिइएको हो ।

दक्षिण छिमेकी भारतलाई पनि दुई जोडी गैंडा दिइएको थियो । त्यसबापत सरकारले भारतबाट १८ वटा हात्ति ल्याएको थियो । ती हात्ति ल्याएपछि चितवनमा हात्ति प्रजनन केन्द« स्थापना गरिएको थियो । यद्यपी त्यतिबेला भारतबाट ल्याइएका हात्ति स्वस्थ नभएको चर्चा भएको थियो ।

एक दशक अघिस“ग नेपालले नौ वटा मुलुकलाई गैंडा उपहार दिएको थियो । विभिन्न राजनीतिक घटनाक्रमका कारण रोकिएको ‘गैंडा कुटनीति’ फेरी सुरु भएको हो । नेपाल र भारतमा मात्र पाइने एक सिंगे गैंडा विश्वकै दूर्लभ वन्यजन्तु हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अप्रशोधित तथ्याङ अनुसार २४ गैंडा उपहार र आदानप्रदानका नाममा दिइएको छ । अहिलेसम्म अमेरिकालाई ६, भारतलाई ४, अष्ट्रियालाई २, बेलायतलाई २, जापानलाई २, जर्मनीलाई २, पाकिस्तानलाई २, बर्मालाई २, थाइल्याण्डलाई दुई गैंडा दिइएको छ ।

गणतन्त्र आउनुपूर्व (२०६५ जेठ १५ अघि) राजालगायत राजदरबारका सदस्यले विभिन्न मुलुकस“ग मित्रता गास्ने नाममा गैंडा उपहार दिन्थे । दरबारको निर्देशनमा तत्कालिन महेन्द« प्रकृति संरक्षण कोषले उपहारको सबै चा“जोपाजो मिलाउथ्यो । कोषको अध्यक्ष राजकुमार हुने व्यवस्था थियो । सन् २००६ अघिसम्म यसरी नै गैंडा उपहार दिइन्थ्यो ।

गैंडालाई संकटापन्न वन्यजन्तुको रुपमा साइटिसको अनुसूची–१ मा राखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (पा“चौ) शंसोधनमा गैंडालाई दूर्लभ वन्यजन्तुको सूचीमा राखिएको छ ।

पछिल्लो गणना अनुसार नेपालमा ६ सय ४८ गैंडा छन् । तीमध्ये चितवनमा ६ सय ५, बर्दियामा ३५ र शुक्लाफा“टा निकुञ्जमा ८ छन् । नेपाल र भारतमा गरी एक सिंगे गैंडाको संख्या २५ सयको हाराहारीमा मात्र छ ।