बाढीपहिरोबाट कृषिमा करोडौंको क्षति

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोको कारण कृषि क्षेत्रमा गम्भीर असर परेको छ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार मकै, तरकारी, चैते धान तथा अलैँचीमा बढी क्षति भएको हो।

सात वटा प्रदेशहरुमध्ये प्रदेश नं. १ मा सबैभन्दा बढि क्षति भएको मन्त्रालयको विवरणमा उल्लेख छ। प्रदेश नम्बर १ का १४ वटा जिल्लामा हालसम्म ८१ करोड २८ लाख ९२ हजार बराबरको क्षति भएको जनाइएको छ।

त्यसैगरी, प्रदेश नं. २, ३ र ५ मा भने क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ ।

गण्डकी प्रदेशमा वर्षातका कारण क्षति भएको विवरण प्राप्त नभएको तर अन्य हावाहुरी र असिनाका कारण भएको क्षति मात्र प्राप्त भएको मन्त्रालयको विवरणमा उल्लेखित छ।

मन्त्रालयको विवरण अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा कुनैपनि क्षति भएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार