बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ७८ पुग्यो (नामावलीसहित)

काठमाडौँ– अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मंगलबार साढे १२ बजेसम्म ७८ जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परेका ३ हजार ३ सय ६६ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी शाखा अधिकृत रमा घिमिरेले जानकारी दिएकी हुन्।

बाढी पहिरोमा परी ३२ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ। साथै ४० जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मानवीय क्षतिको विवरण:

मिति २०७६।०३।२६ गते देखि परेको अविरल वर्षाका कारण भएको मानवीय क्षतिको विवरण
सि.नं. जिल्ला मिति न.पा./गा.पा. लिङ्ग वर्ष नामथर कैफियत
झापा २०७६।०३।२७ दमक न.पा.- १० म. एलिजा न्यौपाने कल्भटको पानीमा डुवी
झापा २०७६।०३।२८ शिवसताक्षी न.पा.- ५ पु. सौगात चापागाई खोलाले बगाउदा
झापा २०७६।०३।३० मेचीनगर न.पा.- १३ पु. अजित प्रसाई खोलामा डुबी खोलाले बगाएको
मोरङ्ग २०७६।०३।२९ रतुवामाई- ६ पु. १२ अमित हेमरन पानीले बगाउदा
मोरङ्ग २०७६।०३।२९ कानेपोखरी- २ पु. १४ ……….ऋषिदेव पानीले बगाउदा
सुनसरी २०७६।०३।२९ हरिनगरा गा.पा.- २ पु. १२ तोसिब मिया पानीमा डुबेर
सुनसरी २०७६।०३।३० दुहबी न.पा.- २ पु. जुगेर मिया पोखरीमा डुवेर
पाँचथर २०७६।०३।२७ मिक्लाजुङ गा.पा.- ४ पु. १० दिवन राई विद्यालय आउने क्रममा खोलाले बगाएको
भोजपुर २०७६।०३।२६ रामप्रसादराई गा.पा.- ७ पु. ६६ जगत बहादुर राई वर्षाका कारणले घर भत्किएर
१० भोजपुर २०७६।०३।२७ मकेमैयुङ गा.पा.- ९ पु. १४ जनक बि.क. पहिरो आई च्यापिएर
११ भोजपुर २०७६।०३।२८ रामप्रसादराई गा.पा.- ५ म. ३५ मन कुमारी राई घरमा पहिरो आई पुरिदा
१२ भोजपुर २०७६।०३।२८ रामप्रसादराई गा.पा.- ५ पु. १७ शिव कुमार राई घरमा पहिरो आई पुरिदा
१३ भोजपुर २०७६।०३।२८ रामप्रसादराई गा.पा.- ५ पु. १५ शक्ति कुमार राई घरमा पहिरो आई पुरिदा
१४ ईलाम २०७६।०३।२७ चुलाचुलि गा.पा.- १ पु. ५५ मानाहाङ लावती खोला तर्ने क्रममा खोलाले वगाएको
१५ ओखलढुंगा २०७६।०३।२७ चिसंखुगढि गा.पा.- ४ म. ८० पासाङपुटी शेर्पा खोलाको बाढिले बगाएको ।
१६ ओखलढुंगा २०७६।०३।२८ सिद्धिचरण न.पा.- ६ म. ४० कान्छीमाया क्षेष्ठ पहिरोले वगाई
१७ ओखलढुंगा २०७६।०३।२८ मोलुङ्ग गा.पा.- ७ म. ४० खपुटी शेर्पा घर परिएर
१८ ओखलढुंगा २०७६।०३।२८ मोलुङ्ग गा.पा.- ७ म. १२ याङजी शेर्पा पहिरोले घर पुरिएर
१९ खोटाङ २०७६।०३।२७ खोटेहाङ गा.पा.- २ म. २७ रेखा राई पहिरो आई घर पुरेको
२० खोटाङ २०७६।०३।२७ खोटेहाङ गा.पा.- २ पु. रोमन राई पहिरो आई घर पुरेको
२१ खोटाङ २०७६।०३।२७ खोटेहाङ गा.पा.- २ पु. ७ म. रोहन राई पहिरो आई घर पुरेको
२२ उदयपुर २०७६।०३।२९ चौदण्डिगढि न.पा.- ४ पु. ३५ मन कुमार तामाङ खोलाले बगाई बेपत्ता भएकोमा मृत फेला
२३ महोत्तरी २०७६।०३।२७ बलवा न.पा.- २ पु. ७२ हनिफ बैठा धोबी बगाई बेपत्ता भएकोमा ०३।२९ गते लास फेला
२४ महोत्तरी २०७६।०३।२९ भंगाहा न.पा.- ४ १७.म वतन नखुलेको रातो खोलाले बगाई ल्याएको बालक फेला
२५ महोत्तरी २०७६।०३।३० सोनमा गा.पा.- १ पु. ईन्ताज नदाफ कल्भर्ट तर्ने क्रममा चिप्लिन गई
२६ महोत्तरी २०७६।०३।३० सोनमा गा.पा.- १ पु. अजरुदिन नदाफ कल्भर्ट तर्ने क्रममा चिप्लिन गई
२७ धनुषा २०७६।०३।२८ गणेशमानचारनाथ न.पा.- ४ पु. नामथर नखुलेको खाल्डोमा जमेको पानिमा मृत अवस्थामा
२८ धनुषा २०७६।०३।30 धनुषाधाम न.पा.- ४ पु. 60 विपतिया महारा खोलामा डुबेर
२९ धनुषा २०७६।०३।२८ जनकनन्दिनी गा.पा.- १ पु. ३५ छेदी गुप्ता मा.प.से. गरी पानीमा डुवी
३० धनुषा २०७६।०३।30 मुखियापट्टी मुसहरनिया- १ पु. ६५ सीयाराम यादव पानीमा डुवेर
३१ सिराहा २०७६।०३।२८ मिर्चैया न.पा.- ४ म. ११ रागनी कुमारी महतो खाल्टोको पानिमा डुबि
३२ सिरहा २०७६।०३।२९ सिरहा न.पा.- १७ म. ३० नाम नखुलेको पटेर्वा स्थितमा कमला बाँध नजिक मृत फेला
३३ सिरहा २०७६।०३।२९ मिर्चैया न.पा.- ४ म. प्रियंका साह पोखरीको डुबि
३४ सिरहा २०७६।०३।२९ नरहा गा.पा- ३ पु. ६५ सोभित ब. कटुवाल खाल्टोको पानीमा लडी उपचारको क्रममा
३५ सर्लाही २०७६।०३।३० कौडेना गा.पा.- ५ पु. ऐयान खान खेल्ने क्रममा पानीमा डुवेर
३६ रौतहट २०७६।०३।२८ गौर न.पा.- ३ पु. ४० शिव मंगल पटेल जमेको पानिमा डुबि
३७ रौतहट २०७६।०३।२९ दुर्गाभगवती गा.पा.- ४ पु. ४० विरेन्द्र मिश्र पानीमा डुवेर
३८ रौतहट २०७६।०३।२९ इसनाथ न.पा.- १ पु. ३५ हरेन्द्र राय यादव पानीमा डुवेर
३९ रौतहट २०७६।०३।२९ गौर न.पा.- ३ पु. ४० उमेश राउत पानीमा डुवेर
४० रौतहट २०७६।०३।३० राजपुर न.पा.- १ पु. ३५ सोनेलाल सहा सोनार डुवेको लास फेला परेको
४१ रौतहट २०७६।०३।३० राजदेवी न.पा.- ८ पु. पुरुश्वोत्तम यादव बाढीमा घाईते भइ उपचारका क्रममा
४२ रौतहट २०७६।०३।३० वृन्दावन न.पा.- ४ पु. परमेश्वर राम पानीमा डुवेर
४३ रौतहट २०७६।०३।३० गढीमाई न.पा.- १ पु. रवि राम पानीमा डुवेर
४४ रौतहट २०७६।०३।३० राजदेवी न.पा.- ८ पु. सिद्धान्त राय यादव जमिरहेको पानीमा डुवेर
४५ पर्सा २०७६।०३।२७ पर्सागढी न.पा.- १ पु. १२ निखिल पटेल बाढिले ल्याएको दाउरा निकाल्ने क्रममा
४६ पर्सा २०७६।०३।२९ बिरगंज म.न.पा.- २४ पु. १४ अनुप पटेल खोलाले बगाएको
४७ बारा २०७६।०३।२७ परवानीपुर- २ पु. विक्की यदाव नालामा डुवी
४८ बारा २०७६।०३।२८ कलैया उ.म.न.प- १३ पु. १० अंजित साह खाल्डोमा जमेको पानीमा डुबी
४९ रामेछाप २०७६।०३।२७ रामेछाप न.पा.- ६ म. ७० पदम कुमारी सुनार वर्षाका कारणले गोठ भत्किएर
५० सिन्धुली २०७६।०३।२७ फिक्कल गा.पा.- १ म. ३५ हेम कुमारी सुनुवर पहिरोले गोठ बगाउँदा
५१ सिन्धुली २०७६।०३।२७ दुधौलि न.पा.- ४ पु. कार्वन कपारी भल बाढी घरमा पस्दा
५२ सिन्धुली २०७६।०३।२८ दधौली न.पा.- १२ म. ३० सुनिता पौडल घरमा पहिरो आई पुरिदा
५३ सिन्धुली २०७६।०३।२८ दधौली न.पा.- १२ म. १० सविता पौडेल घरमा पहिरो आई पुरिदा
५४ काभ्रेपलाञ्चोक २०७६।०३।२७ बनेपा न.पा.- ३ म. ६० गोमा दंगाल घर माथीबाट पहिरो आई घर भत्किदा
५५ काभ्रेपलाञ्चोक २०७६।०३।२७ बनेपा न.पा.- ३ म. सुहाबी दंगाल घर माथीबाट पहिरो आई घर भत्किदा
५६ काभ्रेपलाञ्चोक २०७६।०३।२७ रोशी गा.पा.- ११ म. ६५ कृष्ण देबी रायमाझी घरमा पर्खाल खसि च्यापिएर
५७ काठमाण्डौ २०७६।०३।२७ मुलपानी बाबाचोक म. ३५ सर्मिला यादव ट्रस्टको वाल भत्कदा
५८ काठमाण्डौ २०७६।०३।२७ मुलपानी बाबाचोक म. ३० नितु यादव ट्रस्टको वाल भत्कदा
५९ काठमाण्डौ २०७६।०३।२७ मुलपानी बाबाचोक पु. १२ कुन्दन यादव ट्रस्टको वाल भत्कदा
६० ललितपुर २०७६।०३।२७ बाग्मती गा.पा.- २ पु. ११ सुरज जिम्बा पहिरो आई घर पुरिदा
६१ ललितपुर २०७६।०३।२७ बाग्मती गा.पा.- ७ म. ४५ सिता राना मगर माथिबाट माटोको ढिस्कोले च्यापिएर
६२ ललितपुर २०७६।०३।२८ महाँकाल गा.पा.- १ पु. ३० अविरल गोले पहिरो आई घर पुरिदा
६३ ललितपुर २०७६।०३।२८ कुन्ज्योसम गा.पा.- २ पु. १० संन्दिप लोल्हो पहिरो आई घर पुरिदा
६४ ललितपुर २०७६।०३।२८ कुन्ज्योसम गा.पा.- २ म. ४५ सानु मैया लोल्हो पहिरो आई घर पुरिदा
६५ ललितपुर २०७६।०३।२८ कुसन्ती पु. ३९ सुवेश बस्नेत खोलाले बगाउदा
६६ मकवानपुर २०७६।०३।२७ थाहा न.पा.- ३ म. १४ सन्तमाया बलामी खोला तर्ने क्रममा खोलाले बगाएको
६७ मकवानपुर २०७६।०३।२७ कैलाश गा.पा.- १० पु. ५० सानुकान्छा सुनार खोला तर्ने क्रममा बगाई
६८ मकवानपुर २०७६।०३।२७ ईन्द्रसरोवर गा.पा.- २ म. १४ सृष्टी डिम्डुङ माथी बाटै पहिरो खस्न गई पुरीएको
६९ मकवानपुर २०७६।०३।३० ईन्द्रसरोवर गा.पा.- १ म. १८ वविता वलामी माथिबाट पहिरो खसी
७० मकवानपुर २०७६।०३।३० ईन्द्रसरोवर गा.पा.- १ म. ४२ कान्छीमाया वलामी माथिबाट पहिरो खसी
७१ धादिङ्ग २०७६।०३।२७ गजुरी गा.पा.- ४ म. अस्मिता तामाङ घर माथीबाट पहिरो आई घर भत्किदा
७२ धादिङ्ग २०७६।०३।२७ बेनिघटरोराङ गा.पा.- ३ पु. ४२ राज कुमार ठकुरी खोला तर्ने क्रममा उक्त खोलाले वगाएर
७३ पाल्पा २०७६।०३।२८ तिनाउ गा.पा.- ३ पु. ३१ धन बहादुर सुनारी मो.सा सहित पहिरोले बगाएर
७४ दाङ्ग २०७६।०३।२८ वंगलाचुली गा.पा- ८ पु. भक्त सिंह बैजाली सुख्खा खोलामा आएको बाढीले बगाउँदा
७५ दाङ्ग २०७६।०३।२९ घोरही उ.म.न.पा.- ६ पु. १८.म शिसिर खत्री पानीमा डुबी
७६ कपिलवस्तु २०७६।०३।२९ मायादेवी गा.पा.- ४ पु. ५५ रामबेलास हरिजन पानीमा डुबी मृत अवस्थमा फेला
७७ डोल्पा २०७६।०३।२८ मुड्केचुला गा.पा- १ पु. ३८ धर्मराज बोहोरा बाढीले घर बगाउँदा
७८ डोल्पा २०७६।०३।२८ मुड्केचुला गा.पा- १ पु. ४५ चन्द्रा कुमारी सार्की बाढीले बगाएर

साथै स्थानीय प्रशासन, सबै सुरक्षा निकायहरु कार्य स्थलमा उच्च सतर्कताका साथ कार्य गरिरहेको गृहमन्त्रालयले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल समेतबाट ४१,२०४ जनशक्ति परिचालन गरिएको छ।

मन्त्रालयका अनुसार अवरुद्ध सडकहरु खुलाउने प्रयास भइ रहेको छ भने केही मार्गहरु खुलिसकेका छन्। अवरुद्ध विद्युत र संचार सुचारु गर्न तीब्रता दिइएको छ।

त्यसैगरी भारतीय पक्षसँग समन्वय गरी सर्लाहीमा पानी निकासा गराइएको छ। रौतहटमा पनि पानी निकासा भएको छ भने कोशी बाँधको लागि पनि निरन्तर समन्वय भइरहेको जनाकारी मन्त्रालयले दिएको छ।

आपत्‌कालीन उद्धारको लागि हेलिकप्टरहरु तत्पर अवस्थामा राखिएको जनाइएको छ। प्रदेश नं. २ मा २ वटा हेलिकप्टरहरुले राहतको कार्य गरिरहेका छन् भने प्रदेश नं. १ को ईटहरी र कर्णाली प्रदेशको सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

राहत वितरणको कार्य शुरू

राहत वितरणका कार्यहरु शुरु भएको जनाएको छ। त्रिपाल, खाद्यान्न, औषधी जस्ता अत्यावस्यक सामग्री स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, निजी क्षेत्र, रेडक्रस, मानवीय सहायतका क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको सहभागिता रहेको छ।

प्रदेश गोदामघर हेटौडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि ३/३ हजार थानका दरले १२,००० पिस त्रिपाल र म्याट ४ रोल राहत सामग्री पठाइएको छ। गृह मन्त्रालयले सोमबार ललितपुर जिल्लाको गोटीखेल र गिम्दीकालागि हेलिकप्टरबाट त्रिपाल थान-४० पठाइ थप ११०० थान त्रिपाल र जेनेरेटर थान-१ तराई पठाएको हो।

यसअघि प्रदेश नं. २ को सरकारले उद्धार तथा राहतमा खर्च गर्ने गरी ८ वटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि १० लाखका दरले उद्धार तथा राहत खर्च उपलब्ध गराउने एवं मृतक नेपाली नागरिकका परिवारलाई प्रति मृतक ३ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ।

राजमार्ग अवरुद्ध र खुलाउने प्रयास जारी
अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोका कारण धेरैवटा राजमार्ग र सडकहरू अवरुद्ध बनेका छन् ।

उदयपुर गाईघाट-खोटाङ्ग, खोटाङ हलेसी-तुवाचुङ, महोत्तरी जनकपुर-जलेश्वर(भाप्सि खोला डाइभर्सन), सिन्धुली-मध्य पहाडी लोक मार्ग अवरोध रहेको मन्त्रालयले जनाएको छ ।

कान्ति लोकपथ-हेटौडा राजमार्गमा अवरोध रहेको छ भने कुलेखानी-फाखेल-फर्पिङ्ग सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

बेसिसहर मनाङ्ग, धुन्चे रसुवागढी, हेटौडा दक्षिणकाली, भालुवान प्युठान, गोरखाको बाह्रकिलो वारपाक सडक खण्ड, साघारा देखि सिरहा जाने हुलाकी राजमार्ग पनि अवरुद्ध रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन प्रमूख नदीहरूमा बहाव सामान्य रहने जनाएको छ।

आज मंगलबार पूर्वमा कन्काई,विरिङ,निन्दा, पश्चिम राप्ती, बबई,डुडुवा, मोहना, मछेलीका शाखा नदीहरू लगायत दाङ, बाँके, वर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोतरी, झापा, मोरङ जिल्ला भई बहने केही स-साना खोलामा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार