भारतको मुम्बईमा भवन भत्किँदा १२ जनाको मृत्यु

मुम्बाई- अविरल वर्षाका कारण भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा १२ जनाको मृत्यु भएको छ।

यस भग्नावशेषमा कम्तीमा १५ व्यक्ति अझै फसेको आशङ्का गरिएको छ भने ५ जनालाई सकुशल उद्दार गरिएको भारतिय सञ्चार माध्यमहरूले जनाएका छन्।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले उक्त भवन १०० वर्ष पुरानो भएको बताएका छन्।

भारतको केन्द्रीय गृह मन्त्रालय मातहत रहेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले भवनमा च्यापिएका व्यक्तिको उद्दार प्रयास गरिरहेको जनाइएको छ।

प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार