काठमाडौँ– मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभागमा भन्दा केही तल रहेका कारण मनसुनी गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखा अनुसार हाल देशका सबै जसो स्थानहरुमा सामान्य देखि पूर्ण वदलीको अवस्थामा रहेको छ। पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य भूभागका र पूर्वी भूभागका केही स्थानहरुमा मनसुनी वर्षा भईरहेको छ।
मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडी तथा तराईका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना छ। राति देशभर सामान्य वदलि रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी तथा पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ।
बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। राति देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ।
बिहिबार दिउँसो देशभर आंशिक देखि सामान्य वदली रही तराई भूभागका केही स्थानहरूमा तथा पहाडी भूभागका थोरै स्थानहरुमा वर्षा हुने सम्भावना छ। राति देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टा देशको पहाडि तथा तराईका १-२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ। यसको कारणले गर्दा देशको पहाडी भूभागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ।
साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





