काठमाडौँ– भारतबाट आयात हुने फलफुल तथा तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा परेको रिटमाथि सोमबार बहस भएको छ।
मंगलबार पनि सो रिटमा थप छलफल हुने र अन्तिम फैसलाको सम्भावना रहेको छ।
यसअघि गत २५ गते भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले सरकारको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।
उपभोक्ता हित संरक्षण मञ्च र स्वतन्त्र राष्ट्रिय अभियानले २४ गते फरक फरक रिट दर्ता गराएका थिए। रिटको पहिलो सुनुवाई गर्दे न्यायाधीश डा.आनन्द मोहन भट्टराईको एकल इजालसले सरकारलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो।
आज सोमबार अदालतको निर्णय बमोजिम सरकारपक्ष र रिट निवेदकहरूको अदालतमा उपस्थिती रहेको थियो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो । गत १८ गतेको मन्त्रीपरिषद्को बैठकले भारतबाट भित्रने तरकारी तथा फलफूलको परीक्षण गर्ने निर्णय खारेज गरेको थियो।
यो पनि पढ्नुहोस





