बाढीपहिरोमा परेका १ हजार ४ सय ४५ जनाको उद्दार, २५ अझै बेपत्ता

काठमाडौँ– डोल्पामा बेपत्ता मध्य १ जना सम्पर्कमा आएको प्रहरी प्रधान कार्यालयले जनकारी दिएको छ।

यससँगै, बाढी पहिरोमा परेका १ हजार ४ सय ४५ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, डोल्पा,मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

बाढी पहिरोमा परी २५ जना अझै बेपत्ता रहेका छन्। बेपत्ताको खोजी कार्य जारी छ। साथै ३८ जना घाइते भएका छन्। घाइतेमध्ये १७ महिला र २१ पुरुष रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म ६० जनाको मृत्यु भइसकेको छ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ। विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयले उद्धार र राहत वितरणलाई प्रभावकारी बनाएको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार