उद्धार र राहतमा जुट्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै मृतकका परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। अध्यक्ष तिमिल्सिनाले बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएकाहरुको खोजी, उद्धार तथा राहतमा जुट्न सरकारलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध गरेका छन्।

साथै बर्खायाममा प्राकृतिक विपत्ति जुनसुकै समयमा आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक तयारी गर्नेमा सरकारका तर्फबाट कुनै कमी हुन नदिन तथा आम नेपालीलाई सावधानीपूर्वक बस्नसमेत उनले आग्रह गरे।

ताजा समाचार

सम्बन्धित समाचार