पूर्वी र पश्चिमी तराइमा मनसुनी वर्षा जारी, मध्य पहाडी क्षेत्रमा पहिरोको खतरा

काठमाडौँ– देशको पूर्वी र पश्चिमी तराइका धेरै स्थानहरूमा मनसुनी वर्षा जारी रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभागमा रहेका कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाँदै छ।

देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरूमा र पश्चिमी भूभागको एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जनाइएको छ।

पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने देखिन्छ भने तराइमा सामान्य पानीको वहाव रहने महाशाखाको भनाई छ। सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज आइतबार देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरी पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। राति देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

सोमबार दिउँसो देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। राति देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाइको छ।

मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण वदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ। राति देशभर सामान्य देखि पूर्ण वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पुर्व र मध्य क्षेत्रका एक दुइ स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार