बाढीपहिरो [अपडेट]: मृत्यु हुनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता

काठमाडौँ– अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार साँझसम्म ४३ जनाको मृत्यु भएको छ ।२४ जना बेपत्ता, २० जना घाईते र ११०४ जनाको उद्धार गरिएको छ।

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौँमा १सय ८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा ९ सय ७९ जनाको उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

 

बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौँ, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा १/१ जना गरी १६ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ।

साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप,धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी जम्मा १२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिएको हो।

त्यसैगरी पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । धादिङ बेनिघाटरोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्बी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पूर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका-२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका-९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका-२ स्थित तल्लो डुङ्गेश्वर सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध प्रहरीले हटाई बाटो खुलाएको हो ।

यसैगरी रौतहट चन्द्रनिगाहापुर-२ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका-४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका-९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अबरोध भएको बाटो एकतर्फी सुचारु भएको छ।

जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य हाल जारी रहेको प्रहरीले जनाएको छ।

बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्धार र राहत वितरणलाई प्रभावकारी बनाएको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार