विद्युतीय बस खरिद गर्न मन्त्रीपरिषद्को स्वीकृति

काठमाडौँ– विद्युतीय बस खरिद गर्नका लागि मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ।

बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सो जानकारी गराएका हुन्।

यसअघि बस सार्वजनिक खरीद ऐनअनुसार नै खरीद गर्ने वा आफैँ सोझै कुनै देशसँग वार्ता गरेर खरिद गर्ने भन्ने निर्णय नभएकाले त्यसको टुंगो नलागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको थियो।

गत ६ कात्तिकमा पुल्चोकस्थित साझा सहकारी संस्थाको प्रांगणमा तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका बिजुली बस विवादमा आएपछि अहिले ग्यारेजमै थन्किएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार