Thursday, September 19, 2024

धन्न सहेका छन् कलंकी–नागढुंगाका बासिन्दाले

कलंकी–नागढुंगा सडक निर्माणको कार्य थालिएको निकै पहिलेदेखि हो तर यसले गति लिन सकेको छैन् । पछिल्लो समय लामो समयदेखि सो सडक निर्माण कार्य नै पूर्ण रुपमा अवरुद्ध छ तर सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् ।

सडक निर्माणको काममा ढिलाई हुँदा यस क्षेत्रका वासिन्दाले गम्भीर वातावरणीय समस्या भोगिरहेका छन् जसले स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । चौबिसैघन्टा यो खण्ड धुवाँ र धुलोले ढाकिने गर्छ ।

धुलोले एकातिर दुर्घटना निम्त्याउने खत्तरा छ भने अर्काेतिर स्थानीयबासीले ठूलो सास्ताी भोग्नुपरेको छ । धुलोको कारण नै स्थानीय बासिन्दामा विभिन्न स्वास्थ्य समस्याहरु समेत देखिन थालेका छन् । सो खण्डको धुलो एवं प्रदूषणलाई हाकाहाकीकर्मी अमिष रेग्मीले आफ्नो क्यामरामा कैद गरेका छन् ।

कलंकी–नागढुंगाका वासिन्दा खेप्दैछन धुलोको मार

ताजा समाचार

सम्बन्धित समाचार