१२ घण्टामै भारतमा रोपियो ६ करोड विरूवा

काठमाडौँ– भारतमा १२ घण्टाको अवधिमा ६ करोड ६० लाख विरूवा रोपण गरिएको छ।

सो वृहत वृक्षरोपण अभियानमा १ लाख ५० हजार स्वयम सेवकहरू सहभागिता रहेको थियो। वातावरण संरक्षणमा यस अगाडि कायम भएका कृतिमानलाई उक्त अभियानले तोड्न सफल भएको दाबी गरिएको छ।

भारतको मध्य प्रदेशको नर्मादा खोलाको किनारमा वृक्षरोपण गरिएको हो। पेरिस सम्झौतामा भारतले सन् २०३० सम्ममा ५ लाख हेक्टर जामिनमा जङ्गल फैलाउने प्रतिबद्धता जनाएको थियो। यो अभियान सोही प्रतिबद्धताको एक हिस्सा भएको जनाइएको छ।

अघिल्लो वर्ष उत्तर प्रदेशमा एक दिनमा ५० लाख वृक्षारोपण गरेर विश्व कृतिमानी कायम गरिएको थियो।

गिनीज वर्ल्ड रेकर्ड्सका अनुसन्धानकर्ताले गत आइतबारको रोपणको निरीक्षण गरेका थिए र आउँदो हप्तामा प्रमाणित गर्ने अपेक्षा गरिएको छ जुन प्रयास नयाँ कृतिमानीको लागि गरिएको थियो।

उक्त अभियानको आयोजना मध्यप्रदेश सरकारले गरेको हो। स्वयम सेवकहरूले २० प्रजातिका विरूवाहरू रोपण गरिएको बताइएको छ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले वृक्षरोपण गरिएको दिनलाई ‘ऐतिहासिक दिन’को रूपमा व्यख्या गरेका छन्। उनले ६ करोड ६० लाख विरूवा रोपण अभियानमा बच्चा देखि बृद्धसम्मको सहभागिता रहेको जानकारी दिएका हुन्। बिहान ७ बजेबाट शुरू भएको वृक्षरोपण बेलुका ७ बजे सम्म गरिएको भन्दै उनले टुवीट् मार्फत भनेका छन्, ‘वृक्षरोपण गरेर हामीले मध्य प्रदेशको मात्र होइन संसारलाई ठूलो योगदान पु¥याएका छौँ।’

कार्वन उत्सर्जनमा भारत तेस्रो स्थानमा छ। गत महिना भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिरीने निर्णय गरेपछि आफ्नो देश उक्त सम्झौतामा प्रतिवद्ध रहेको पुनः पुष्टि गरेका थिए।

‘वातावरण र धर्तीमाताको संरक्षण विश्वासको एक लेख हो,’ मोदीले फ्रान्सको राष्ट्रिपति इमानुयल माक्रोन संगको संयुक्त प्रत्रकार सम्मेलनमा भनेका थिए।

दि इन्डिपेन्डेन्टमा प्रकाशित समाचारको भावानुवाद

ताजा समाचार

सम्बन्धित समाचार